काठमाडौं- आईसीसी क्रिकेट वर्ल्डकप लिग- २ मा नेपालले नेदरल्याण्ड्सको २ विकेट लिएको छ। नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका हुन्।
नेदरल्यान्ड्स १३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ७६ बनाउँदै खेलिरहेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याड्न्सलाई १७३ रनको लक्ष्य दिएको छ। नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको हो।
नेपालका ओपनर कुशल भुर्तेलको सर्वाधिक अर्धशतक बनाएका थिए। उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।