काठमाडौं- आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ। नेपालले सातौँ ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो।
कुशल भुर्तेलले ६६ रन बनाएर आउट भएका हुन्। उनले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाएको यो आठौँ अर्धशतक पनि हो।
कुशल भुर्तेललाई डच बलर रोल्फ भान डेर मर्वेले आफ्नो बलिङमा आफैंले क्याच लिँदै पेभेलियन फर्काएका थिए। ३६.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले एक सय २२ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।