काठमाडौं- नेकपा एमालेले केही मन्त्रीहरूलाई बर्खास्त गर्न माग गरेको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले चार मन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन्।
उनले बालकुमारी घटनाका दोषी भौतिक मन्त्री (प्रकाश ज्वाला) र बालकुमारी घटनामा दुई जनालाई कत्लेआम गर्न आदेश दिने गृहमन्त्री (नारायणकाजी श्रेष्ठ) को तत्काल बर्खास्त गर्न माग गरेका हुन्।
त्यस्तै, गिरीले अख्तियारको निगरानीमा रहेका स्वास्थ्य मन्त्री (मोहन बस्नेत) पनि पदमा बहाल गर्न नमिल्ने भन्दै उनलाई बर्खास्त गर्न माग गरे।
गिरीले पुरातात्विक क्षेत्र रामग्रामलाई एउटा निजी कम्पनीलाई ९९ वर्ष लिजमा दिने जस्तो बदनियतपूर्ण काम गरेको भन्दै पर्यटन मन्त्री र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालाई तत्काल कारबाही गर्नुपर्ने र बर्खास्त गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।