काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। खेल साढे ९ बजे सुरु हुनेछ।
नेपाली टिममा दुई परिवर्तन गरिएको छ। देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पेलिङ ११ मा समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।