काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पका पीडितलाई २० लाख सहयोग गरेको छ।
आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम सहयोग गरिएको क्यानले बताएको छ।
आफूहरूले बाचा गरे अनुरुप शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरिएको क्यानको भनाइ छ।
क्यानले सम्पूर्ण घाइते भूकम्प पिडितको स्वास्थ्य लाभको कामना र भुकम्पमा परी ज्यान गुमाउने नेपालीहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।