काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश सम्प्रेषण भएमा व्यवस्थाका लागि घातक हुने बताएका हुन्। उनले सांसदहरुको गतिविधि व्यवस्थाका विरुद्धमा वातावरण बन्नेतिर निर्देशित भएका छन् कि भन्ने विषयमा सोच्न जरुरी रहेको औंल्याए।
उनले धेरै विधेयकहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै संसदभित्र अवरोध नगर्न अनुरोध गरे। उनले भने, ‘यो अधिवेशनबाट धेरै विधेयकहरु पास गर्नुछ। जनतालाई यो व्यवस्था, यो संसदले नै यो देशको हित गर्न सक्छ। यदी यो संसद् काम नलाग्ने ठाउँ हो भन्ने सन्देश बाहिर संप्रेषण भयो भने यो व्यवस्थाका लागि त्यो भन्दा ज्यादा घातक केही हुन सक्दैन।’
उनले संसद्भित्र आलोचना स्वस्थ ढंगले गर्नुपर्ने बताए। धैर्यता र संयमित भएर आफ्नो कुराहरु राख्न सांसदहरुलाई आग्रहसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।