काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। एन्फाले भिडाबारीमा बनाउने भनेको एकेडेमी अलपत्र छोडेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले एन्फा विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन्।
एन्फाले फिफा एकेडेमी सञ्चालन गर्ने ड्रिम प्रोजेक्ट अनुसार काम सुरु भएको थियो। पालिकाले समेत केही रकम लगानी गरेकोमा अहिले काम ठप्प भएपछि काम सुरु गर्नुपर्ने नत्र गाउँपालिकाको रकम असुल हुनुपर्ने भन्दै मुद्दा दायर गरिएकको हो।
अध्यक्ष गुरुङले काम अविलम्ब सुरु गर्न माग गर्दै अदालतमा मुद्दा दिएका हुन्। अदालतले पहिलो सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको छ।
‘यसमा के भएको हो? निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो? माग बमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै आधार र कारण भए खुलाई १५ दिन त्र लिखित जवाफ पेस र्नुहोला,’ आदेशमा भनिएको छ।
एन्फाले दक्षिण एसियाकै नमुना प्रोजेक्ट निर्माण गर्ने योजना अघि बढाउँदै टेण्डर समेत आह्वान गरेको थियो। तर एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ समूहले विरोध गरिरहेको थियो।
नेम्वाङको समूहले योजनाको बजेटलाई रकमानान्तर गरेपछि पालिकाले मुद्दा दायर गरेको हो।। एकेडेमीका लागि पालिकाले तटबन्ध लगायत काममा बजेट लगानी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।