काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत जारी खेलमा नेपालले नामिबियाको ४ विकेट लिएको छ। नेपालका दीपेन्द्र सिंह ऐरीले चौथो विकेटको रुपमा नामिबियाका जन फ्राइलिंकलाई आउट गरे।
यसअघि क्याप्टेन रोहित पौडेल र कुशल मल्लले एक/एक विकेट लिएका थिए। एक जना रन आउट भएका थिए।
फास्ट बलरले विकेट लिन नसकेपछि नेपालले लगातार स्पिनरलाई बलिङ गराइरहेको छ। नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।