काठमाडौं– काठमाडौं आफैंमा पनि चिसो ठाउँ तर मंगलबार काठमाडौंको नेपाल ल क्याम्पसको माहोल अझ तात्तिने वाला छ। त्यसको कारणहो यहि महिना आयोजना हुने ‘प्रथम वीर गणेशमान स्मृति इन्ट्रा क्रिकेट’ प्रतियोगिताको टिम अक्सनले।
नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसको आयोजनामा प्रथम वीर गणेशमान स्मृति इन्ट्रा क्रिकेट लिग प्रतियोगिता पुरुष र महिला टोलीको सहभागिता रनेछ। प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेस नेता प्रकाशमान सिंह लाई बोलाइएको सभापति प्रवेजले जानकारी गराए।
फाल्गुन १७ देखि १९ सम्म चल्ने लिगचरणका गेम काठमाडौंको पुलचोक क्रिकेट मैदानमा र पुरुष र महिलातर्फको फाइनल भने त्रिभुवन विश्वविद्धालयको ल्याब मैदानमा आयोजना हुने नेविसंघ, नेपाल ल क्याम्पस सभापति अधिवक्ता मोहोम्म्द माजिद प्रवेजले एक विज्ञप्ती मार्फत जानकारी गराए।
कूल पुरस्कार राशी दुई लाख रुपैयाँ रहेको र म्यान अफ दि म्याच हुने खेलाडीलाई आकर्षक पुरस्कार समेत रहेको बताइएको छ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला टोली लाई चार/चार वटा समूहमा अक्सन गराई टोलीको सहभागिता गराइनेछ।
कानुनका विद्यार्थीमाझ खेलकुदको विकाश र विस्तार गर्ने तथा कानुनका विद्यार्थीले खेलकुदप्रति को बुझाई शारीरिक एवम् मानसिक विकासना अभिवृद्धि गराउने उदेश्य राखी यस क्रीकेट प्रतियोगिता आयोजना गर्न लागिएको सभापति मोहम्मद माजिद प्रवेजले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।