काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेको क्यानडा-११ ले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
नेपाल एको कप्तान विनोद भण्डारी रहेका छन्। प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल एमा समेटिएका छन्।
यूएईमा दुई सातापछि हुने आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो। नेपालसँग यसै साता तीन ओडीआई खेलमा क्यानडा पराजित भएको थियो।
नेपाल एको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्। यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।