काठमाडौं– आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन्।
शेखले ४३ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले ४३ बलमा ८ चौका र एक छक्का प्रहार गरे। यसअघि तेस्रो नम्बरमा आएका साहले २९ बलमा अर्धशतक प्रहार गरेका थिए।
१३८ रनको लक्ष्य पछ्याउने क्रममा साहले २९ बलको सामना गर्दै पाँच चौका र ४ छक्काको सहयोगमा ५२ रन जोडेका हुन्।
यअसघि ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन जोडेका थिए। नेपाल लक्ष्य पूरा नजिक पुगेको छ। जम्मा एक विकेट मात्र गुमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।