काठमाडौं– आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालका अनिलकुमार साहले अर्धशतक प्रहार गरेका छन्।
तेस्रो नम्बरमा आएका साहले २९ बलमा अर्धशतक प्रहार गरेका हुन्। १३८ रनको लक्ष्य पछ्याउने क्रममा साहले २९ बलको सामना गर्दै पाँच चौका र ४ छक्काको सहयोगमा ५२ रन जोडेका हुन्।
यअसघि ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन जोडेका थिए। नेपाल लक्ष्य पूरा नजिक पुगेको छ। जम्ममा एक विकेट मात्र गुमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।