काठमाडौं– आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्। ११ बलमै २८ रन बनाएका भुर्तेल भियिन किंग्माको बलमा क्याच आउट भएका हुन्।
उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए। नेपालले ४.१ ओभरमा १ विकेटको क्षतिमा ५० रन बनाएको छ।
यसअघि नेपालले कसिलो बलिङ गर्दै नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको थियो। नेपालका लागि भुर्तेल एक्लैले चार विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।