काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सले नवौं विकेट गुमाएको छ। पहिलो पावर प्लेमा दुई विकेट गुमाएको नेदरल्याण्डसले ३४ दशमलव २ ओभरमा ९ विकेट गुमाएको हो।
नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्डस्को विकेट कु्शल भुर्तेलले लिएका हुन्। उनले स्कटलाई बोल्ड गरेका हुन्। भुर्तेलले व्यक्तिगत तीन विकेट लिएका छन्। टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७.२ ओभरमा शरिज अहमदमलाई खाता नै खोल्न नदिइ क्लिन बोल्ड गरेका थिए।
यतिबेला नेदरल्याण्ड्सले ३५ ओभरको समाप्तिमा ९ विकेट गुमाएर १२७ रन बनाएको छ।
यसअघि २६.३ ओभरमा कुशल भुर्तेलले वेस्ली ब्यारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै छैटौं विकेट लिएका थिए। खाता नै खोल्न नसकेका वेस्ली ब्यारेसी रिभर स्वीप खेल्ने धुनमा आउट भए।
यसअघि ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड गरे। त्यसअघि ललितले नै स्याब्रान्ड एंगेलब्रेक्टलाई अनिल साहको हातबाट क्याच गराएका थिए।
खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए। नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।