काठमाडौं– नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेट हात पारेको छ। ललित नारायण राजवंशीले नेपालका लागि तेस्रो विकेट दिलाएका हुन्। ३४ बलमा २३ रन बनाएर खेलिरहेका नेदरल्याणड्सका ब्याटर स्याब्रान्ड इंगेलब्रेचलाई आउट गरेका हुन्।
यतिबेला नेदरल्याण्ड्सले १६ ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै ५६ रन बनाएको छ। नेपालका लागि पहिलो विकेट सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा लिएका थिए।
यस्तै दोस्रो विकेट भने ललितनारायण राजवंशीको बलमा भीम सार्कीले रनआउट गराएका थिए। नेदरल्याण्ड्सका म्याक्सलाई भिम सार्कीको थ्रो मा रनआउट गरिएको हो।
नेपालले पहिलो ओभरमा नै पहिलो विकेट लिन सफल भएको थियो। तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका हुन्।
नेदरल्यान्ड्सले कुनै पनि रन नबनाई पहिलो विकेट गुमाउन पुगेको हो।
आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।