फोटो- क्यानको फेसबुक पेज काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खला अन्तर्गत दोस्रो खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ।
अलराउन्डर दिपेन्द्र सिंह ऐरी खेलमा फर्किएका छन्। यसैगरी यु १९ का कप्तान देव खनाल पनि टिममा समेटिएका छन्।
नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।
नेपाली टिममा रोहित पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, अनिलकुमार शाह, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, देव खनाल र ललित राजवंशी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।