काठमाडौं- एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपालले मलेसियाको पहलो विकेट लिएको छ। नेपालकी रुविना क्षेत्री बेलवासेले दोस्रो ओभरमै मलेसियाको विकेट लिएकी हुन्।
नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो।
नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित २९ रन बनाइन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।