काठमाडौं- एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार शुक्रबार बिहान सवा ११ मा सुरु हुनेछ।
प्रतियोगिताको अर्को सेमिफाइनल खेल थाइल्यान्ड र हङकङबीच हुनेछ। प्रिमियर कपको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्नेछ।
नेपाल क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेका हुन्।
एसिया कपमा भने वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।