काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ‘ए’ टिमका लागि सम्भावित ३६ जना खेलाडीको घोषणा गरेको छ। क्यानले बुधबार ए टीमका लागि सम्भावित ३६ खेलाडीको घोषणा गरेको हो।
क्यानले टीमका लागि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षक तोकेको छ।
ए टीमका लागि सम्भावित ३६ खेलाडीमा विकेट किपर विनोद भण्डारीदेखि यू-१९ विश्वकप खेलेका आकाश चन्द, सुवास भण्डारी र हेमन्त धामी समेत समावेश छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।