काठमाडौं–एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जित निकालेको छ । बुधबार मलेसियामा भएको प्रतियोगितामा नेपालले कुवेतलाई डकवर्थ एण्ड लुइसको आधारमा ८ विकेटले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ७३ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण नेपालल १२ ओभरमा ५० रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो।
नेपालका लागि कप्तान इन्दु बर्माले २२ बनाइन् । सीता रानामगरले १७ रन बनाइन् । कविता कुँवरले १ रन बनाइन् । कविता जोशी ४ रनमा अविजित रहिन् । नेपालले ५ रन एक्स्ट्रा पाएको थियो ।
यसअघि कुवेतलाई सस्तै समेट्ने क्रममा सीता रानामगर ह्याट्रिक विकेट लिएकी थिइन् । कविता कुँवर रुबिना क्षेत्रीले पनि समान २–२ विकेट लिएका थिए । खेलको म्याच अफ दि प्लेअर सीता रानामगर भइन्।
जितसँगै सेमिफाइनल प्रवेश गरेको नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ । जापानलाई १६ रनले पराजित गर्दै मलेसिया आजै सेमिफाइनल प्रवेश गरेको थियो ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।