काठमाडौं– मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको बुधबारको खेलमा नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छिन् ।
कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा बलर रानामगरले लगातार तीन विकेट लिँदै ह्याट्रिक विकेट पूरा गरिन् । उनले १२ ओभर २ बलमा कुवेतकी ब्याटर प्रियादा मुराली, १२ ओभर ३ बलमा मारयम ओमर र १२ ओभर ४ बलमा कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् ।
नेपाल समूह डीको विजेता र कुवेत समूह एको उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् । १८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ६५ रनका साथ कुवेतले ब्याटिङ गरिरहेको छ ।
नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई २१४ रनले हराएको थियो। कुवेतले भने समूह चरणमा म्यानमार र सिंगापुरलाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।