काठमाडौं- मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा नेपालले बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
नेपाल समूह डीको विजेता र कुवेत समूह एको उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई २१४ रनले हराएको थियो।
कुवेतले भने समूह चरणमा म्यानमार र सिंगापुरलाई हराएको थियो। यसअघि पहिलो क्वाटरफाइनलमा हङकङ र थाइल्यान्डबीच प्रतिस्पर्धा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।