काठमाडौं- आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ। बिहीबारदेखि टीयू मैदान कीर्तिपुरमा हुने लिग–२ को टोलीमा अनिलकुमार शाह र देव खनाल समेटिएका छन् भने अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।
अनिलले क्यानडासँगको दोस्रो एकदिवसीय खेलमा ५० र तेस्रो खेलमा ११२ रनको शतकीय पारी खेलेका थिए। यू-१९ क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका देवले क्यानडासँग दोस्रो ओडीआई खेलमा ७६ रन बनाएका थिए।
नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यसपछि नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने तालिका छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।