काठमाडौं– एसिसी वुमन्स प्रिमियर कप क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ। मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ थालेको छ।
५ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ४८ रन बनाएर खेलिरहेको छ। नेपालका ओपनर कविता कुँवर १३ र सीता रानामागर १५ रन बनाएर आउट भएकी छन्। यस्तै, कप्तान इन्दु बर्मा शून्य रनमा आउट भइन्।
समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै ४ अंकका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान ८ विकेटले पराजित गरेको थियो।
माल्दिभ्स भने लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो।
प्रतियोगितामा १६ सहभागी टोली ४ समूहमा छन्। हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्नेछन्। सेमिफाइनल हुँदै फाइनलमा पुग्ने २ टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।