काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपमा नेपालले आज (मंगलबार) तेस्रो खेल खेल्दैछ। तेस्रो खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र माल्दिभ्सबीचको खेल मलेसियाको बांगीस्थित वाइएसडी युकेएम ओभलमा बिहान ११:१५ बजेदेखि सुरु हुनेछ।
यसअघिका २ खेलमा जित हासिल पारेको नेपाल माल्दिभ्सविरुद्ध पनि सहज जितको लक्ष्यसहित मैदान उत्रिनेछ। नेपालले यसअघि पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराएको थियो। यस्तै, दोस्रो खेलमा आइतबार भुटानविरुद्ध पनि नेपालले ८ विकेटकै जित निकालेको थियो।
समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार माल्दिभ्ससँग खेल्न लागेको हो।
प्रतियोगितामा १६ सहभागी टोली ४ समूहमा छन्। हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्नेछन्। सेमिफाइनल हुँदै फाइनलमा पुग्ने २ टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन्।
लगातार २ जितसँगै नेपालले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। नेपाल ४ अंकसहित तालिकाको पहिलो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।