काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरबाट २५ लाख नगद सहित ६० लाख बराबर चोरी भएको छ।
घर कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रूपैयाँ गरी करिब ६० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको प्रहरीले जनाएको छ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ गोकर्ण बस्ने गीता राईको घरबाट सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ४३ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।