• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
अनिल सफलताको सूत्र

दशैं-तिहारमा अरु छुट्टी मनाउन व्यस्त हुँदा अनिल आफ्नै खर्चमा दिल्लीमा निखार्दै थिए क्रिकेट 

64x64
नेपाल लाइभ सोमबार, माघ २९, २०८०  १६:५६
1140x725

काठमाडौं- क्यानडासँगको ३ दिने एकदिवसीय क्रिकेट सिरिज नेपालले क्लीन स्वीप गर्‍यो। त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ३३ बल बाँकी छँदै पूरा गर्‍यो। 

नेपालको जितमा दुई ब्याट्म्यानले सतक प्रहार गरे। १२९ बलमा १०१ रन बनाउँदै भीम सार्की नटआउट रहे भने १२४ बलमा अनिल साह ११२ रन प्रहार गर्दै अविजित रहे। 

नेपालको जितका नायकमध्येका एक अनिल साहले ११२ रन जोड्ने क्रममा १२ चौका र २ छक्का प्रहार गरे।

यसअघि क्यानडा विरुद्धको दोस्रो खेलमा पनि अनिलले आक्रामक सुरुवात गर्दै राष्ट्रिय रेकर्ड समेत आफ्नो नाममा राखेका थिए। उनले १९ बलमै अर्धसतक पूरा गरेका थिए। 

क्यानडा विरुद्ध पहिलो खेलमा उनी मैदान उत्रिएका थिएनन् । अन्तिम तथा तेस्रो खेलमा फेरि मैदानमा उत्रिएका उनै ओपनर अनिलले आफूलाई पूर्ण प्रमाणित गर्दै अविश्मरणीय पारी खेले।

राष्ट्रिय टिमबाट खेलिसकेर फेरि विभिन्न उतारचढाव हुँदै टिम बाहिर रहेका उनै अनिल अहिले फेरि राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य बनेका छन्। राष्ट्रिय टिममा कमब्याक हुन अनिलको मिहिनेत भने चानचुने छैन। 

आरोहअवरोहकाबीच उनले आफूलाई पुनः निखार्दै राष्ट्रिय टिममा ल्याएका छन्।

अहिले २५ वर्षको उमेरमा राष्ट्रिय टिमका तहल्का मच्चाएका अनिलले उमेर समूहको यू–१९ र घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरेका थिए। त्यही प्रदर्शनको आधारमा उनी सन् २०१८ को फ्रेबुअरीमा डिभिजन टुमा केन्या विरुद्धको लागि डेब्यू गर्ने अवसर पाए।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१८ कै अगस्टमा ओडीआईमा नेदरल्याण्ड्स विरुद्ध डेब्यू गर्दा अनिल नेपालको प्लेइङ ११ मा समेटिएका थिए।
त्यसपछि भने अनिल चार वर्षसम्म राष्ट्रिय टिमबाट बाहिर रहे।

पुनः राष्ट्रिय टिममा मौका पाउन अनिलले सन् २०२२ सम्म कुर्नु परेको थियो। सन् २०२२ मा पपुवा न्यु गिनीसँगको सिजिरमा अनिलले मौका पाएका थिए। तर पपुवा न्यु गिनीसँगको दुई खेलको सिरिजले अनिललाई प्रमाणित गर्न सकेन। 

त्यसको दुई वर्ष अर्थात् अहिले फेरि राष्ट्रिय टिममा पर्दै अनिलले आफूलाई प्रमाणित गरेका छन्। त्यसका लागि अनिलले धेरै मिहिनेत गरेका छन्। अनिल साह विभागीय एपीएफ हुँदै टोली पुलिस क्लबमा आबद्ध थिए। तर सन् २०२१ मा अनिलले पुलिस छाड्ने निर्णय गरे। आफ्नै प्रदेश मधेस फर्कने निर्णय गरेका थिए। 

बारा घर भएका अनिल विभागीय टोली छाडेर मधेस फर्कनुमा स्वतन्त्रता मुख्य कारण रहेको बताउँथे। विभागीय टोलीमा भन्दा प्रदेशमा जोडिएपछि स्वतन्त्र भएर खेल्न सकिने उनको बुझाइ थियो। सन् २०२१ मा मधेस झरेका अनिलले २०२२ मा पीएम कप खेल्दै मधेसलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसै सिजनमा भएको केपी ओली कप र पीएम कपमा अनिलले उत्कृष्ट प्रदर्शन गरे। घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा पर्नका लागि भने अनिलले निकै पापड पेलेका छन्। राष्ट्रिय टिममा कमब्याक हुनकै लागि उनले दिल्ली पुगेर समेत क्रिकेट निखारेका थिए।

यस वर्षको दशैं-तिहार मनाउन अरु घर फर्कंदा अनिल भने दिल्लीको क्रिकेट एकेडेमीमा आफूलाई निखार्दै थिए। त्यही मिहिनेतले अहिले राष्ट्रिय टिममा अनिललाई कमब्याक गराएको छ।

दशैं-तिहारको बीचमा अनिलले दिल्लीको एमबी (मनविन्दर बिस्ला क्रिकेट एकेडेमी) मा बिताएका थिए। त्यहाँ रहँदा निकै कडा मिहिनेत अनिलले गरेका थिए। 

अघिल्लो दशैं-तिहारमा समेत उनले दिल्लीमा गएर क्रिकेट निखारेका थिए। अघिल्लो वर्ष भने उनले दिल्लीको स्पोर्ट्स क्यू एकेडेमीमा क्रिकेट निखारेका थिए। आफ्नै खर्चमा दिल्लीको एकेडेमीसम्म पुगेर क्रिकेट निखारेका उनी आजको खेलमा म्यान अफ द म्याच समेत घोषित भएका छन्। सायद यो प्रदर्शनले अनिलले एउटा सपना पूरा भएको हुनुपर्छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्