काठमाडौं– ३ दिने एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्।
भुर्तेल १४ बलमा १३ रन बनाउँदै आउट भए। भुर्तेललाई डिलोन हेलिगरले बोल्डआउट गरे।
५ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ४५ रन बनाएर नेपाल खेलिरहेको छ। क्यानडाले जितका लागि नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।