काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध जितका लागि ६६ रनको लक्ष्य पाएको छ।
मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनायो। भुटानका लागि न्गावांग चोडेनले सर्वाधिक २५ रन बनाइन्। ५० बलको सामना गरेकी उनले १ चौका हिर्काइन्।
भुटानकी कप्तान देचेन वाङ्मोले १७ रन बनाइन्। २१ बल सामना गरेकी उनले ३ चौका हिर्काइन्। छिरिङ जाङ्ग्मोले १७ रन बनाइन्।
भुटानविरुद्ध नेपालकी कविता कुँवर, सीता राना मगर, इन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिए।
नेपालले पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराएको थियो। टी २० फर्म्याटमा भइरहेको प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ। नेपालले तेस्रो खेल फागुन १ गते माल्दिभ्ससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।