काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपको दोस्रो खेलमा नेपालले आज (आइतबार) भुटानसँग खेल्दैछ।
मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार आइतबार बिहान ७:१५ बजेदेखि सुरु हुनेछ।
नेपालले पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराएको थियो। पहिलो खेलमा बलियो प्रतिस्पर्धी हङकङविरुद्ध सानदार जित निकालेको नेपाल दोस्रो खेलमा पनि सोही नतिजा दोहोर्याउने लक्ष्यका साथ मैदान उत्रिनेछ।
टी २० फर्म्याटमा हुने प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ। नेपालले तेस्रो खेल फागुन १ गते माल्दिभ्ससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।