फोटो स्रोत- क्यान काठमाडौं- क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल जारी रहँदा नेपालका तीन खेलाडीले अर्धसतक बनाइसकेका छन्।
शनिबार भइरहेको खेलमा ओपनर अनिल साह २० बलमा ५० रन बनाएर आउट भएका थिए। अर्का ओपनर आरिफ सेख भने १६ बलमा १० रन बनाएर आउट भएका थिए।
तेस्रो र चौथो नम्बरमा आएका रोहित पौडेल र देव खनालले पनि अर्धसतक बनाइसकेका छन्। पौडेल ७४ बलमा ५६ रन बनाएर खेलिरहेका छन्।
त्यस्तै, देव खनालले पनि अर्धसतक बनाइसकेका छन्। उनी ६६ बलमा ६२ रन बनाएर खेलिरहेका छन्।
२८६ रनको लक्ष्य पछ्याएको नेपालले २९.२ ओभर २ विकेटको क्षतिमा १८८ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।