काठमाडौं– चर्चित भारतीय अभिनेता मिथुन चक्रवर्ती सुटिङका क्रममा बिरामी परेका छन्। एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको छ।
हाल ७४ वर्षमा रहेका चक्रवर्तीको त्यहाँ एमआरआई जाँच गरिएको छ। उनी फिल्म ‘शास्त्री’को सुटिङ गरिरहेका थिए। त्यसक्रममा उनको स्वास्थ्यमा खराबी आयो र तुरुन्तै अस्पताल पुर्याइयो।
उनलाई न्युरो मेडिसिन विशेषज्ञ डा सजय भौमिकले उपचार गरिरहेका छन्। उनको उपचारका लागि डा सजयको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टिम गठन गरिएको छ।
यही फिल्मका मार्फत् मिथुनकी जोडी अभिनेत्री देवश्री राय १६ वर्षपछि पर्दामा देखिँदैछन्। मिथुनले हालै मात्र पद्मश्री अवार्ड पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।