काठमाडौं– क्यानडाविरुद्धको ३ दिने एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका ओपनिङ ब्याटर अनिल साहले अर्धशतक पुरा गरेका छन्।
मात्र २० बलको सामना गरेर साहले ५० रन बनाएका हुन्। जसक्रममा उनले ३ छक्का र ७ चौका हिर्काए। नेपालले दोस्रो विकेट गुमाउँदा पेभेलिएन फर्किएका साहलाई क्यानडाका ईश्वरजोत सोहीले छैटौं ओभरको तेस्रो बलमा एलबीडब्ल्यू धरापमा पारे।
नेपालका अर्का ओपनर आसिफ शेख १० रन बनाएर आउट भएका छन्। १६ बल सामना गरेका आसिफले १ चौका हिर्काए।
क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा सर्वाधिक रन बनाए ओपनिङ ब्याटर कुशल भुर्तेलको ठाउँमा शनिबार अनिललाई खेलाइएको हो। अनिलले भुर्तेलको अभाव महसुस हुन दिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।