काठमाडौं– क्यानडासँगको ३ दिने एकदिवसीय सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले जितका लागि २८६ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको छ।
क्यानडाका लागि आरोन जोनसजले सर्वाधिक ६५ रन बनाए। ६२ बलको सामना गरेका उनले २ छक्का र १० चौका हिर्काए। यस्तै, नवनीत धालिवालले ४६ रन बनाए। ६० बल सामना गरेका उनले ८ चौका हिर्काए।
यस्तै, श्रेयस मोभ्भाले ४० रन बनाए। ४२ बलको सामना गरेका नउले ४ चौका हिर्काए।
ओनरद्वय जोनसज र धालिवालबीचको ९४ रनको साझेदारीले क्यानडाले नेपालविरुद्ध चुनौतीपूर्ण स्कोर बनाउन सक्यो।
क्यानडाविरुद्ध कुशल मल्ल र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए। यस्तै, सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।