काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपको पहिलो खेलमा नेपालले हङकङविरुद्ध जित निकाल्न ९४ रनको लक्ष्य पाएको छ।
मलेसियाको सेलांगुर टर्फ क्लबमा टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनायो। हङकङका लागि कप्तान क्यारी चानले २१ रन बनाइन्। यस्तै, मरियम बिबीले १९, यास्मिन दसवानीद्ये १५ र नतशा माइल्सले ११ रन बनाइन्।
हङकङविरुद्ध नेपालकी पूजा महतो र रुविना क्षेत्रीले २–२ विकेट लिए। यस्तै, कविता जोशी र सीता रानामागरले १–१ विकेट लिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।