काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपको पहिलो संस्करण आज (शनिबार)देखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिनमा शनिबार नेपालले हङकङसँग खेल्दैछ।
नेपाल र हङकङबीचको खेल अहिले बिहान ७:१५ बजेदेखि सुरु हुने छ। पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी हङकङको सामना गरिरहेको नेपाल सुखद् सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
टी २० फर्म्याटमा हुने प्रतियोगिताको पहिलो दिन नै ८ खेल हुने छन्। प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ।
नेपालले दोस्रो खेलमा भोलि (आइतबार) भुटानसँग र फागुन १ गते माल्दिभ्ससँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।