काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यारोबडी जहाज भाडामा ल्याउन टेण्डर आह्वान भएको छ। अन्तर्राष्ट्रिय उडानमा उपयोग हुने २ वटा न्यारोबडी जहाज लिजमा ल्याउन टेण्डर आह्वान भइसकेको संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिएका छन्।
‘अन्तर्राष्ट्रिय उडानमा उपयोग हुने २ वटा न्यारोबडी जहाज लिजमा ल्याउन टेण्डर आह्वान भएको जानकारी गराउँदछु,’ मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
गत माघ ३ गते आफ्नो कार्यकाल १ वर्ष पुरा भएको अवसरमा मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्री किराँतीले अन्तर्राष्ट्रिय उडानमा उपयोग हुने ३ वटा न्यारोबडी जहाज लिजमा ल्याउन प्रक्रिया अगाडि बढाइएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।