काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेट पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधि जितेको हो।
टस हारेर पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो।
बलिङतर्फ नेपाल पुलिस क्लबका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान ३/३ विकेट, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए।
१ सय ८२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ओभरमा ३७.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो।
नेपाल पुलिस क्लबका लागि शंकर रानाले ६२ रन, अर्जुन साउदले ३६ रन, आरिफ शेखले २७ रन, अमित श्रेष्ठले २८, कुशल भुर्तेलले १४ रन र दिलिप नाथले ७ रन बनाएका थिए। फाइनल खेलमा नेपाल पुलिस क्लबका ललित राजवंशी म्यान अफ द म्याच घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।