काठमाडौं- आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार नेपालले सुपर सिक्सको अन्तिम खेलमा पहिले बलिङ गर्ने भएको छ। केही बेरमा सुरु हुने खेलमा नेपालले टस हारेर भारत विरुद्ध पहिले बलिङ गर्न लागेको हो।
भारतले टस जितेर ब्याटिङ रोजेको छ। नेपाल विश्वकपको सुपर सिक्सबाट बाहिरिइएसकेको छ। नेपाल अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुगेको थियो।
नेपाल सुपर सिक्सको खेलमा बंगलादेशसँग पराजित भएको छ। नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। लिग चरणमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।