काठमाडौं– नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्ड ह्यापियस्ट म्यान’ छुट्टाछुट्टैनाम रहेको विनोद पौडेल निर्देशित पहिलो हलिउड नेपाली चलचित्रको छायाँकन सकिएको छ।
चलचित्रमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पुजा चन्द लामा, ऋचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डन लगायत विभिन्न कलाकार जोडिएका छन्।
सांघुरो निर्देशक जोयश पाण्डे र रंगकर्मी विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रुपमा पनि देखिने छन्।
यो चलचित्र हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर बनाइएको हो। ‘यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुनेछ। यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिक पनि जोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिक पक्ष अत्यन्तैै सबल छ। कथा पनि विश्वले आत्मसात गर्ने भएकोले यो चलचित्रमार्फत् हामी विश्वबजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं,’ निर्दैशक पौडेल भन्छन्।
म्याड मंकीफिल्मस्ले निर्माण गरेको यस चलचित्रमा, हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ताकंपनिले सहकार्य गरेका छन्।
यसका कार्यकारी निर्माताहरू कौशिला खनाल कर्मचार्य, एल.एनअधिकारी,अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताका रुपमा राजेन्द्र ठकुराठी, अभिता वजोशी र अविरल थापा छन्।
यो चलचित्र २०२४ को अन्त्यसम्म दर्शक विश्वव्यापी प्रदर्शन गर्ने योजना निर्माण टिमको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।