काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलबारको खेलमा कोशी र एपीएफ क्लव विजयी भएको छ।
कोशीले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकाल्यो भने एपीएफले सुदूरपश्चिममाथि ३ विकेटको जित निकाल्यो।
कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो। लुम्बिनीका लागि दिलसाद अलीले ३२, विराट भण्डारीले २८, सम्राट भुषालले २६, कृष्ण कार्कीले २२, सुशान्त थापा र निर्मल गुरुङले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोरको रन छुन सकेनन्।
बलिङमा कोशीका सुजन घिमिरेले ३, अभ्यास तिम्सिना, समिर कार्की र कमल खत्रीले समान २/२ विकेट लिए। त्यस्तै कोशीका लागि अंकित सुवेदीले ४९, सुजन घिमिरेले ४३,मिनास थापाले २५, सोनु अन्सारीले १७ र आशिष भट्टराईले १० रन बनाए। अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्।
यता लुम्बिनीले बलिङमा नर सार्कीले ४ विकेट लिएभने वीर मगरले ३, अभिषेक गौतमले २ र कृष्ण कार्कीले १ विकेट हात पारे। यता एपीएफ र सुदूरपश्चिमको खेलमा ८८ रनको लक्ष्य पछ्याएको एपीएफले ३ विकेटको झिनो जित निकाल्यो। एपीएफले ८९ रन बनाउन ७ विकेट गुमायो।
एपीएफका लागि सन्दीप जोराले नट आउट १८, आसिफ शेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ रन बनाए पनि अन्यले राम्रो खेलन सकेनन्। सुदूरपश्चिमका लागि दीपक चन्दले ४ र नरेन साउदले ३ विकेट हात पारे। यता सुदूरपश्चिमका लागि नारायण जोशीले नट आउट ३१ रन बनाउ भने खडक बोहराले २४ रन बनाए। अन्यले दोहोरो रन स्कोर बनाउन सकेनन्।
एपीएफका लागि चन्दन रामले ५ विकेट लिए भने भुवन कार्कीले ३, रोहति पौडेलले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।