काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) दुई खेल हुने भएका छन्। आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ। अर्को खेल काठकाडौंको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ।
१० टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अङ्क तालिकाको पाँचौँ स्थानमा छ। सुदूरपश्चिमले हालसम्म खेलेका ६ खेलमध्ये ४ खेलमा जित निकाल्दै ८ अङ्क जोडेको छ। यस्तै आर्मी क्लब अङ्क तालिकाको चौथो स्थानमा छ। आर्मीले हालसम्म ७ खेल खेलेकामा ५ खेलमा जित हासिल गर्दै १० अङ्क जोडेको छ।
यसैगरी गण्डकी प्रदेश अङ्क तालिकाको आठौँ स्थानमा छ। गण्डकीले सात खेलमा दुईमा विजयी हुँदै चार अङ्क बनाएको छ। यस्तै, नेपाल पुलिस क्लब हालसम्म खेलेका ६ खेलमै जित हासिल गर्दै १२ अङ्कका साथ शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।