काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालसँग खेलिरहेको अफगानिस्तानले सुरुवातमै २ वटा विकेट गुमाएको छ।
पहिलो र दोस्रो ओभरमा लगातार विकेट गुमाएको हो। नेपालका गुलशन झाले पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनिङ ब्याटर नुमन शाहलाई दीपक डुम्रेबाट क्याचआउट गराएका थिए। शाह एउटा पनि रन जोड्न नसकी पेभेलियन फर्किए।
यस्तै, आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा अर्का ब्याटर खालिद तनिवाललाई विपीन रावलबाट क्याचआउट गराए। दोस्रो नम्बरमा ब्याटिङका लागि आएका तनिवाल पनि शून्य रनमै आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।