काठमाडौं– यू–१९ विश्वकप प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध नेपालको तेस्रो विकेट पतन भएको छ।
पहिलो पावर प्लेमा दुई विकेट गुमाएको नेपालको १७ दशमलव १ ओभरमा तेस्रो विकेट पतन भएको हो। तेस्रो विकेटका रुपमा कप्तान देव खनाल क्याच आउट भएका छन्।
उनले २३ रन बनाए। यसअघि अर्जुन कुमाल र आकाश त्रिपाठी आउट भएका थिए। कप्तान खनाल अर्फत मिनाहसको बलमा अहमद हसनबाट क्याचआउट भए।
अहिले क्रिजमा विपिन रावल र उत्तम थापामागर रहेका छन्। यतिबेला नेपालले १८ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ८० रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।