काठमाडौं– यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको पहिलो विकेट पतन भएको छ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको हो। पाकिस्तानका फास्ट बलर अहमद हसनले कुमाललाई बोल्ड गरेका हुन्।
सुरुवाती आक्रामक ब्याटिङ गरेको नेपालले ४ दशमलव ३ ओभरमा एक विकेट गुमाउँदै ३१ रन बनाएर खेलिरहेको छ। कुमाल आउट भएपछि उनको ठाउँमा आकाश त्रिपाठी आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।