काठमाडौं– यू– १९ विश्वकप क्रिकेटमा आज पाकिस्तानविरुद्ध नेपालको प्लेइङ ११ मा तीन खेलाडी परिवर्तन गरिएको छ।
टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ। न्यूजिल्याण्डसँगको टिममा भन्दा आजको खेलमा तीन खेलाडी परिवर्तन गरिएको हो।
आज स्पिनर तिलकराज भण्डारी बेञ्चमा बस्दा दुर्गेश गुप्ताले मौका पाएका छन्। यस्तै आज दुई दीपक बोहोरा पनि आजको खेलमा टिममा छैनन्। दुवै दीपक बोहोराको ठाउँमा आज ओपनर विपिन रावल र दीपक डुम्रेले मौका पाएका छन्।
नेपालले दुई दीपक बोहराको स्थानमा विपिन रावल र दीपक डुम्रेलाई मौका दिएको छ । विपिन बायाँ हाते ओपनर खेलाडी हुन्।
नेपालको प्लेइङ ११
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तमरंगु थापा मगर, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।