काठमाडौं– दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा न्यूजिल्याण्डविरुद्ध अफगानिस्तान ९१ रनमै अलआउट भएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले २१ दशमलव ३ ओभरमा ९१ रन बनाउँदै अलआउट हुन पुग्यो। न्यूजिल्याण्डले जितका लागि ९२ रनको झिनो लक्ष्य पाएको छ।
अफगानिस्तानका लागि जमसिद जर्दानले २२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
न्यूजिल्याण्डका लागि मट रोवेले सर्वाधिक ५ विकेट लिए। यस्तै रायनले २ विकेट लिँदा एवाल्डले २ र कप्तान ओस्कर ज्याक्सनले १/१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।