काठमाडौं– यू–१९ विश्वकप अन्तर्गत न्यूजिल्याण्डविरुद्ध नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका हुन्।
पहिलो पावर प्ले मै दुई विकेट गुमाएर खराब सुरुवात गरे पनि अर्जुन कुमालले क्रिजमा टिक्दै अर्धशतक प्रहार गरेका हुन्।
कुमालले ७३ बलको सामना गर्दै अर्धशतक प्रहार गरेका हुन्। उनले चार चौका हिर्काएका छन्।
यस्तै नेपालले पाँच विकेट गुमाइसकेको छ। नेपालका लागि कप्तान देव खनालले ३६ रन बनाउनुबाहेक अन्य बाहिरिएका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पहिला ब्याटिङ गर्दै न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रनको विशाल स्कोर खडा गरेको थियो। ३०३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले २६ ओभरको समाप्तिमा १२३ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।