काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ।
तेस्रो विकेटका रुपमा न्यूजिल्याण्डले ओलिभर तेवातियालाई गुमाएको हो। उनको विकेट नेपालका स्पिनर दीपेस कँडेलले लिएका हुन्।
यसअघि दोस्रो विकेटका रुपमा न्यूजिल्याण्डका ओपनर थोमस जोन्सको विकेट तिलक भण्डारीले लिएका थिए।
पहिलो पावर प्ले सकिएर दोस्रो पावर प्ले सुरु हुनेबित्तिकै ११औं ओभरको पहिलो बलमै नेपाली बलर सुवास भण्डारीले पहिलो विकेट लिएका थिए।
यतिबेला तीन विकेट गुमाएको न्यूजिल्याण्डले १७ ओभरको समाप्तिमा ८० रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।