काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।
पहिलो पावर प्ले सकिएर दोस्रो पावर प्ले सुरु हुनेबित्तिकै ११ औं ओभरको पहिलो बलमै नेपाली बलर सुवास भण्डारीले विकेट लिएका छन्।
२५ बलमा १४ रन बनाएर खेलिरहेका न्यूजिल्याण्डका ओपनर ल्यूक वाट्सनलाई बोल्ड गरेका हुन्। यतिबेला न्यूजिल्याण्डले ६० रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।